व्याज आम्दानी बढाए पछि चौतारी लघुवित्तको खुद नाफा बढ्यो


चौतारी लघुवित्तले लकडाउनको आंशिक प्रभावका बिच आर्थिक वर्ष २०७६ ७७ को तेस्रो त्रैमासमा खुद नाफा बढाएको छ ।

लघुवित्तले चैत मसान्त सम्ममा २ करोड ६८ लाख ६८ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले १ करोड ८५ लाख ८८ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

चैत मसान्तमा २० करोड ३८ लाख ३८ हजार रुपैंया व्याज आम्दानी गरेको लघुवित्तले गत आर्थिक वर्षको यसै अवधिमा १२ करोड ९७ लाख ९८ हजार रुपैंया व्याज आम्दानी गरेको थियो ।

आरम्भ लघुवित्तसँग मर्जरको क्रममा रहेको लघुवित्तको चुक्ता पूँजी १९ करोड ९० लाख २० हजार रुपैंया छ भने जगेडा कोषमा ५ करोड ६६ लाख ९२ हजार रुपैंया सञ्चित छ । प्रतिशेयर आम्दानी १८ रुपैंया रहेको लघुवित्तको मूल्य आम्दानी अनुपात २४.०९ गूणाले बढी छ ।

नेपाल राष्ट्र बैंकले मर्जरका लागि अनुमति दिइसके पनि एकीकृत कारोबार सुरु भएको छैन । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका नामबाट लघुवित्तले वित्तीय कारोबार सुरु गर्ने छ ।

चौतारी र आरम्भ लघुवित्तलाई गाभिन राष्ट्र बैंकको स्वीकृति …