खुद नाफा बढाएको युनाइटेड फाइनान्सले लाभांस खुवाउन नसक्ने


युनाइटेड फाइनान्सले खुद नाफामा राम्रो सुधार गर्द पनि लगानीकर्तालाई लाभांस खुवाउन नसक्ने किसिमको वित्तीय विबरण निकालेको छ ।

युनाइटेड फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा ७ करोड १६ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले ५ करोड १२ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा फाइनान्सको खुद नाफा २ करोड ४ लाख रुपैयाँले बढेको हो ।

फाइनान्सको खुद नाफा बढे पनि बितरण योग्य मुनाफा भने ऋणात्मक रहेको छ । चैत मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा ७ लाख ७६ हजार रुपैयाँले ऋणात्मक । फाइनान्सको साधारण जगेडामा १ करोड ४३ लाख र नियामकीय जगेडामा ६ करोड ४४ लाख रुपैयाँ सञ्चित गरे पछि लगानीकर्तालाई लाभांस बितरण गर्ने क्षमता नदेखिएको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ अर्ब ५९ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ५ अर्ब ८१ करोड ६९ लाख रुपैयाँ ऋण लगानी गरेको छ । जसका कारण फाइनान्सले २६ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ ।

१ अर्ब ४ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको जगेडा कोषमा २४ करोड १६ लाख ४ हजार रुपैयाँसञ्चित छ । शेयरधनी कोषमा ७ करोड ७६ लाख रुपैयाँ सञ्चित रहेको फाइनान्सको शेयर प्रिमियम १५ करोड ८६ लाख रुपैयाँ छ ।

प्रतिशेयर आम्दानी ९ रुपैयाँ १८ पैसा रहेको फाइनान्सको मूल्य आम्दानी अनुपात १८.५२ गुणाले बढी छ । समीक्षा अवधिमा फाइनान्सको निष्कृय कर्जा अनुपात १.१८ प्रतिशतबाट बढेर १.२३ प्रतिशत पुगेको छ ।