अनुमति प्राप्त संस्थाबाट मात्र भुक्तानी कार्य गर्न गराउन राष्ट्र बैंकको निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकबाट अनुमति नलिई भुक्तानी प्रणाली सम्बन्धि कार्य गर्दै आएका संस्थाहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ।

उसले राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्थाबाट मात्र भुक्तानी सम्बन्धि कार्य गर्न गराउन निर्देशन दिएको छ।

भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको अनुमति नलिई भुक्तानी प्रणली सञ्चालन गर्न वा भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न वा त्यस्तो सेवा सञ्चालन गर्न नपाइने प्रावधान रहेकोमा केही संस्थाहरुले अनुमति नलिई यस्तो कार्य गर्दै आएको राष्ट्र बैंकको भनाई छ।

अनुमति नलिई भुक्तानी सम्बन्धि कार्य गर्नु गैर कानुनी भएकाले त्यस्ता कार्य गर्ने सबैलाई प्रचलित कानुन बमोजिम कारवाही हुने केन्द्रीय बैंकले जनाएको छ।