विश्वभर कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो, २ लाख ७६ हजारको मृत्यु

0
Shares

विश्वभर कोरोना संक्रमणबाट मर्नेको संख्या २ लाख ७६ हजार नजिक पुगेको छ।

अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट २ लाख ७५ हजार ९ सय ७१को मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ। यो शनिबार बिहान पौनै ७ बजेसम्मको तथ्यांक हो।

अहिलेसम्म संक्रमितको संख्या ४० लाख १० हजार ६ सय ९४ पुगेको छ। बिहीबार एकै दिन संसारभर गरी ९७ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

संक्रमितमध्ये अहिलेसम्म १३ लाख ८२ हजार उपचारपछि निको भएका छन्। संक्रमितमध्ये २३ लाख ५२ हजार जना उपचारको क्रममा छन्। त्यसमध्ये ४८ हजार ७ सय ३ जनाको अवस्था गम्भीर छ।

अमेरिकामा गएको २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार ६ सय ८२ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या ७८ हजार ६ सय १० पुगेको छ भने संक्रमितको संख्या १३ लाख २१ हजार नाघेको छ।

त्यसैगरी अहिलेसम्म संक्रमणबाट बेलायतमा ३१ हजार २ सय ४१ जनाले ज्यान गुमाएका छन् भने इटालीमा ३० हजार २ सय १, स्पेनमा २६ हजार २९९, फ्रान्समा २६ हजार २ सय ३० जनाको मृत्यु भइसकेको छ।

भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट ९६ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या १९ सय ८५ पुगेको छ।

अहिलेसम्म भारतमा ५९ हजार ६ सय ९५ जना संक्रमित भएका छन्। शुक्रबार एकै दिन त्यहाँ ३३ सय ४४ जना नयाँ संक्रमित थपिएका छन्।

नेपालमा कुल संक्रमितको संख्या १०२ पुगिसकेको छ। पछिल्लो २४ घण्टमा एक जना संक्रमित थपिएका हुन्।