थप एक जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या १२१ पुग्यो


नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार थप एक जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ती युवकमा संक्रमण पुष्टि भएको हो । ती युवकको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगारीमा रहेको मन्त्रालयले जनाएको छ ।

यस अघि सोमबारै कपिलबस्तुका १० जनामा कोरोना पुष्टि भएको थियो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको हो ।