एशियन लाइफको रिर्पोटमा झल्कियो सुधार, साढे ७ करोडले बढ्यो नाफा

0
Shares

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा गत आवको यसै अवधिको तुलनामा उल्लेख सुधार गरेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले गत आवको यसै अवधिमा ५ करोड ४४ लाख रुपैयाँ रहेको खुद नाफा आर्जन गरेकोमा ७ करोड ६३ लाखले वृद्धि गर्दै चैत मसान्तसम्ममा १३ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ। यो नाफा बीमाङ्किय मूल्याङ्कन अघिको हो।

यसैगरि कम्पनीको खुद बीमाशुल्क आर्जन रकममा पनि आकर्षक बढोत्तरी भएको छ। तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ३ अर्ब ९ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। समीक्षा अवधिमा ४४ करोड ६८ लाख रुपैयाँले वृद्धि भएको हो।

चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ रहेको यस इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २.९० रुपैयाँ बढेर ८.६७ रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको जगेडा कोष २८ करोड ३४ लाखबाट ४९ करोड ५९ लाखमा, जीवन बीमा कोष १५ अर्बै ७८ करोड ९६ लाखबाट २० अर्ब १४ करोड ८० लाख रुपैयाँमा र महा विपत्ती जगेडा ४ करोड २६ लाखबाट ५ करोड ६१ लाख रुपैयाँमा बढोत्तरी भएको छ।

चालु आवको ९ महिना अवधिमा इन्स्योरेन्सले कम्पनीले लगानी, कर्जा तथा अन्यबाट १ अर्ब १० करोड ७१ लाख रुपैयाँ र बीमालेख धितोमा गरिको कर्जाबाट ७ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले दीर्घकालीन लगानीमा १८ अर्ब ७४ करोड ८८ र अल्पकालीन लगानीमा ३७ करोड ९८ लाख तथा बीमालेख धितोमा २ अर्ब २८ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको हो।

कम्पनीले हालसम्म २३ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस कम्पनीले २ लाख ८४ हजार २५९ वटा बीमालेख जारी गरेको छ।

चैतसम्म इन्स्योरेन्सले ७ हजार ८९ वटा संख्यामा परेको १ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ दाबी वापतको भुक्तानी गरेको छ भने ८९ संख्याको २ अर्ब ९ करोड ३९ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।

इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १२७.४६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३५.८४ गुणा रहेको छ।