आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित


मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

उक्त नीति तथा कार्यक्रम माथि छलफलका क्रममा केही नेताहरुले संसोधन माग गरेका थिए । संसदमा भएको मतदानमा सबै संसोधन प्रस्ताव अस्वीकृत भए पछि सभामुख अग्नीप्रसाद सापकोटाले नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको घोषणा गरेका छन ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमको पूर्ण पाठ

नीति तथा कार्यक्रम पारित गर्दै सभामुख सापकोटा, भिडियोमा हेर्नुहोस्