‘बीमा कम्पनीका कर्मचारीले जागिर गुमाउनुपर्ने अवस्था आउँन दिनु हुँदैन’- दीप प्रकाश पाण्डे


नेपाल बीमक संघका अध्यक्ष, एवं शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दीप प्रकाश पाण्डेले बीमा ब्यवसायमा कर्मचारी जागिरबाट निकालिने अवस्था आउन नहुने बताएका छन् ।

नोटबजार डटकमले शुक्रबार कोरोना संक्रमण पछिको बीमा बजारको विषयलाई लिएर सम्बद्ध पक्षसँग आयोजना गरेको ‘कोभिड १९ ले बीमा क्षेत्रमा पारेको असर र सुधारको पहल’ विषयक भर्चुअल अन्तरकृयामा पाण्डेले यस्तो बताएका हुन् । आफ्नो तलब कट्टी गरेर भएपनि कर्मचारीको तलब नकाट्ने उनले बताए ।

उनले कोभिड संक्रमणको अवस्थामा कर्मचारीको तलब कट्टी गर्दा कर्मचारीको मनोबल गिर्ने र यस्तो अवस्थामा कर्मचारीको मनोबल अझ उच्च बनाउन आवश्यक रहेको भन्दै भोलिका दिनमा कुनैपनि संस्थाको उन्नति प्रगति तथा उत्पादकत्वमा कर्मचारीकै प्रमुख स्थान रहेकोले आफुलाई शिखर इन्स्योरेन्सको सञ्चालक समितिबाट समेत सोही निर्देशन आएकाले सोही अनुसार अगाडि बढिरहेको बताए ।

पाण्डेको बिचार जस्ताको त्यस्तै: