बीमा कम्पनीहरुले नगद भन्दा बोनसलाई जोड दिनु पर्छ : डा. रविन्द्र घिमिरे, बीमा विज्ञ


बीमा विज्ञ एवं पोखरा विश्वविद्यालयका सह प्राध्यापक समेत रहेका डा. रविन्द्र घिमिरेले नेपालका बीमा कम्पनीहरु बाहिर हल्ला गरिएजस्तो तासको घरजस्तो गर्ल्याम गुर्लुङ्ग ढलिहाल्ने अवस्थामा नरहेको बताएका छन् ।

नोटबजार डटकमले कोरोना संक्रमण पछिको बीमा बजारको विषयलाई लिएर सम्बद्ध पक्षसँग शुक्रबार गरेको ‘कोभिड १९ ले बीमा क्षेत्रमा पारेको असर र सुधारको पहल’ विषयक भर्चुअल अन्तरकृया कार्यक्रममा घिमिरेले इन्स्योरेन्स कम्पनीहरु आफैँमा रिक्स म्यानेटमेन्ट गर्ने कम्पनीहरु आज आफैँमा क्राइसिसमा रहे पनि भयावह अवस्थामा भने नरहेको बताएका हुन् ।

उनले संकटको अवस्थामा बीमा कम्पनीहरुले मितब्ययीता अपनाउनुपर्ने र अनावश्यक खर्च कटौती गर्नुपर्ने, र हाल बीमा समितिबाट सूचना प्रविधि निर्देशिका जारी गरिसकेको अवस्थामा सूचना प्रविधिको उपयोगबाट समेत खर्च घट्ने बताए । केही कम्पनी बाँच्नै नसक्ने अवस्थामा भए मर्जरमा लैजान समेत सकिने उनले बताए ।

कोरोनाको भयले अन्तराष्ट्रिय स्तरमा नै प्रपोगाण्डाले केहीमा त्यस्तो अवस्था रहेपनि लकडाउनको अवस्था सकिएपनि युद्धस्तरमा काम अघि बढ्ने र पुराना दु ख सबै भुल्ने र काममा अगाडि बढ्ने बताए। हाल बैंक ब्याजदर घटेपनि भोलि बजारमा तरलता अभाव भएको खण्डमा बैंकहरुले बीमा कम्पनीहरुलाइ बढाबढमा पैसा लिन अफर गर्ने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए।

विश्वमा नै ४० प्रतिशतले स्वास्थ्य बीमाका बीमालेखहरु बिक्री भएको सूचना आफुले पाएको भन्दै उनले नेपालमा पनि प्रिमियम घटाएर भएपनि संख्या बढाएर भएपनि जीबन बीमालेख बिक्री गर्नतर्फ लाग्न उनले सुझाव दिए ।

बीमा कम्पनीहरुलाई नगदमा नभई बोनस शेयर वितरण गरेर पूँजीवृद्धि गर्नतर्फ लाग्न सकिए लाभांश नदिएजस्तो पनि नदेखिने बताए। यस्तो अवस्थामा क्यापिटल सल्भेन्सिलाई पनि जोड दिनुपर्ने भएकाले नियमनकारी निकायले सो तर्फ सोच्नुपर्ने बताए ।

सरकारले पनि गरीबहरुको प्रिमियम तिरिदिने र स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको उच्च रकमको बीमा गरिदिएको पिैमिय तिरिदिनुपर्ने बताए। यसरी प्राप्त हुने रकम कुनै एउटा कम्पनीलाई मात्र नदिई पुलमा राख्न सकेको खण्डमा बीमा क्षेत्रमा राहत हुने बताए ।

बीमा समिति मार्फत सुरु गरिएको कोरोना बीमाको विरोध गर्नुभन्दा दाबी भुक्तानी गर्न नसकिने अवस्था भोलि सिर्जना भएमा सोसियल इन्स्योरेन्सको रुपमा लिएर सरकारले राहत दिनुपर्नेतर्फ लाग्नुपर्ने उनको भनाई छ।

नोटबजार संवादमा डा. घिमिरेले राखेको बिचार हेर्न र सुन्न पनि सकिन्छ :