बीमा समिति अध्यक्ष भन्छन् ‘केन्द्रिय बैंकले लाभांस बितरण नगर्न बैंकलाई भन्यो भने पनि बीमा कम्पनी बाध्य हुँदैनन्’


बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बैंक वित्तीय संस्था र बीमा कम्पनीका लगानीकर्ता एउटै भएकाले प्रतिफलको विषय पनि एकनासको हुनु पर्ने बताएका छन्।

नोटबजार डटकमले आयोजना गरेको अन्तरकृयाका क्रममा लगानीकर्ता, बीमक लगायतको जिज्ञासालाई सम्बोधन गर्ने क्रममा उनले बैंक वित्तीय संस्थाले लाभांस नदिएको खण्डमा बीमा कम्पनी पनि बाध्य नहुने बताएका हुन् ।

उनले नोटबजार संवादलाई सम्बोधन गर्दै भनेका छन् ‘बैंक र बीमा कम्पनीका लगानीकर्ता एउटै हुन । बैंक र बीमा कम्पनीमा लगानी गर्ने लगानीकर्ता एउटै भएको हुनाले कुनै संस्थाले प्रतिफल दिने र कुनैले नदिने भन्ने हुदैन । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई लाभांस वितरणमा रोक लगायो भने बीमा कम्पनीहरुले पनि लाभासं दिनु पर्छ भन्ने मलाई लाग्दैन । कम्पनीको नेटवर्थ बढाउनका लागि लाभासं बढाउन दिए पनि नगद बाहिरीन दिन हुदैन की भन्ने मेरो व्यक्तिगत विचार छ ।’

उनले भनेका छन् अहिलेको परिस्थितीमा निर्जिवन बीमा कम्पनीहरुलाई लाभांस बितरण प्रकृयामा खासै असर हुदैन । गत वर्षसम्ममा पुँजी एक अर्ब पुर्याउनु पर्ने विषयले लगानीकर्तालाइ प्रतिफल दिइ नै राखेको देखिन्छ । तर, जीवन बीमा कम्पनीको सन्दर्भमा केही जटीलता आउछ की भन्ने मलाई लाग्छ । आगमी दिनमा कस्तो अवस्था हुने भन्ने निश्चित नभएको हुनाले अहिले नै प्रतफिल लिन हतार गर्नु हुँदैन कि भन्ने मेरो बिचार हो । आगामी दिनमा प्रतिफल वितरण गर्ने सन्दर्भमा सबै नियामक निकायम एकै स्थान बसेर एउटै आवज बनाउने प्रयासमा हामी लागेका छौं ।

नोटबजार संवादमा बीमा समिति अध्यक्ष चापागाईले राखेको बिचार जस्ताको त्यस्तै भिडियोमा हेर्न सकिन्छ ।

RBCL का सञ्चालक भन्छन ‘लाभांस बितरणमा नियामकले एकनासको सिण्डिकेट लगाउनु हुँदैन’