अफगानिस्तानमा २४ घन्टामा थपिए ५६० कोरोना संक्रमित

0
Shares

अफगानिस्तानमा गएको २४ घन्टायता ५६० जना कोरोना संक्रमित थपिएका जनस्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

यो समेत गरी बिहीबारसम्म यहाँ कोभिड १९ का संक्रमितको संख्या १३ हजार १६ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयले दिएको जानकारीअनुसार अफगानिस्तानमा पनि दिन प्रतिदिन कोरोनाका संक्रमितहरु थपिएका छन् । गत २४ घन्टायता अफगानिस्तानमा कम्तीमा पनि आठ जना संक्रमितको ज्यान गएको छ । यहाँ कोरोना संक्रमणबाट अहिलेसम्म २३५ जनाको ज्यान गएको पनि समाचारमा जनाइएको छ ।

यहाँ कारोनाका संक्रमितमध्ये १ हजार २०९ जना निको भएर फर्र्िकएका छन् । यहाँ निधन भएकाहरुमा कुनै न कुनै रोगका बिरामीहरु रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल अफगानिस्तानमा ११ हजार ५७२ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७७, बिहिबार  १३ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।