सहुलियत पुर्ण कर्जा बैंक र विकास बैंकका शाखा अनुसार तोकियो


सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत स्वरोजरको संख्या वढाउन तथथा अथएतन्त्रलाइ चलायमान बनाउनका लागि बाणिज्य बैंक र विकास बैंकका शाखा अनुसार सहुलियतपुर्ण कर्जाको संख्या तोकेको छ । सरकारले आगामी वर्ष देखि बाणिज्य बैंकले प्रतिशाखा १० र विकास बैंकलाइ प्रतिशाखा ५ भनेर तोकेको हो ।

यसभन्दा अघि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको वर्गीकरण अनुसार संख्या तोकेको थियो । बाणिज्य बैंकहरुले २०७७ असार मसान्तसम्म ५०० वटा कर्जा दिनु पर्ने छ । यसैगरी विकास बैंकहरुले २०० वटा र फाइनान्सले १०० वटा कर्जा दिनु पर्ने अनिवर्या गरेको छ । सहुलियतपूर्ण कर्जाहरुमध्ये कृषि तथा पशुपन्छी कर्जाबाहेक अन्य कर्जा शीर्षकमा ग्रामीण इलाकालाई प्राथमिकता दिएर प्रवाह गर्नु पर्ने व्यवस्था छ ।
कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा, भूकम्पपीडितको निजी आवास निर्माण कर्जा लगायत कर्जाका लागि ५ प्रतिशत ब्याज अनुदान दिँदै आएको छ ।