सम्बोधनको प्रयासबाट नै उत्साहित बन्नु हुँदैन, बजेट कार्यान्वायन महत्वपूर्ण : सतिस मौर


नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मौरले बजेटले सम्बोधन गर्न खाजेका विषय सकरात्मक भए पनि अहिले नै उत्साहित बन्न नहुने बताएका छन् । नोटबजारसँगको कुराकानीमा शिवम सिमेन्टका अध्यक्ष समेत रहेका मौरले कार्यविधि हेरेर अर्थतन्त्रका साथै उद्योग व्यवसायका विषयमा भएको सम्बोधनको व्याख्या गर्न सकिने बताएका हुन् ।

मौरसँग नोटबजारले गरेको कुराकानीमा मौरले राखेको बिचारः

आगामी आर्थिक वर्षको बजेटले नेपाल उद्योग परिसंघले राखेका विषयहरुलाई केहि हदसम्म सम्बोधन गरेको देखिन्छ । त्यसका लागि आगमी दिन कार्यान्वयनका लागि कार्यविधि कसरी बन्छ भन्ने विषय महत्वपुर्ण छ । त्यसका अनुसूची तथा कार्यविधि नहेरी बजेटलाई आंसिश रुपमा अहिले नै व्याख्य वा विश्लेषण गर्न सकिन्न ।

उद्योगभन्दाहरुलाई विद्युतमा दिने भनिको छुट कसरी दिने हो त्यसको विषयमा विस्तृत कार्यविधि आएपछि मात्र भन्न सकिएला । स्वास्थ क्षेत्रलाइ दिनु पर्ने प्राथमिमकताको सन्दर्भमा केही हदसम्म सम्बोधन भएको देखिन्छ ।

समग्रमा भन्नु पर्दा आगामी आर्थिक वर्षको बजेटले सबै क्षेत्रमा केही ‘एडजस्ट’ गरेको देखिन्छ । तर, त्यसले कसरी कार्यान्वयनन हुन्छ भन्ने कुरा नहेरी विश्लेषण गर्दा छिटो हुन सक्छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि आएको बजेट कोरोनाको असरको सन्दर्भमा पुरा अध्ययन नभएसम्म प्रतिक्रिया दिन नमिल्ने देखिन्छ । कोरोनाको जोखिम अझै छ, त्यसको असर कायम छ भनेर सरकारले नै भनिरेको र त्यसलाई नै न्यूनीकरण गर्न र अर्थतन्त्र चलायमान बनाउनका लागि केन्द्रित बजेट आएको देखिन्छ ।