नेकपा अध्यक्ष पुष्पकमल भन्छन् : बजेटबाट निम्न वर्गका जनताले राहत पाउँने छन्


अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका सम्बन्धमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कोरोना महामारीको विषयम परिस्थितिमा सन्तुलित र जनतालाई राहत दिने ढंगले बजेट आएको बताए ।

बजेट सिर्जनात्मक, प्रगतिशील, जनपक्षिय र समाजवादउन्मुख ढंगले आएको बताएका दाहालले बजेटले सबै जनता र खासगरी निम्न वर्गका जनतालाई राहत दिने विषयलाई केन्द्रमा राखेको बताए । आन्तरिक र बाह्य ऋण सहयोग र राजस्वको अनुमान वस्तुवादी भएकाले बजेटको स्रोतहरु त्यसैबाट जुट्नेमा आफु विश्वस्त रहेको उनको भनाई थियो ।