नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले बजेटले अहिलेको आवश्यकतालाई सम्बोधन गरेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग धर नमिल्ने किसिमले चिनिँदै आएका नेता नेपालले ओली सरकारका तर्फबाट अर्थमन्त्री डा. युबराज खतिवडाले ल्याएको बजेटको प्रशंसा गरेका हुन् ।
व्यापक रुपमा कोरोना फैलिरहेको बेला यसको सामना कसरी गर्ने, स्वास्थ्य समस्या कसरी सम्बोधन गर्ने, रोजारीको समस्या कसरी सम्बोधन गर्ने र कृषि क्षेत्रलाई कसरी गर्ने भन्ने कुराहरु बजेटमा सम्बोधन भएको भन्दै उनले समयानुकुल रुपमा राम्रो बजेट आएको प्रतिकृया दिएका हुन् ।
प्रतिक्रिया