कनिका छरे जसरी बजेट छरियो, कार्यान्वायन हुन सक्दैन – बाबुराम भट्टराई


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको बजेट पुरानै बजेटको निरन्तरता भएको बताएका छन् ।

अहिलेको अवस्थामा केही फरक आउन पर्ने भए पनि त्यसो नभएको बताएका उनले वर्तमान समस्याको समाधान नगर्ने बताए ।

कनिका छरे जस्तै बजेट छरिएको बताएका उनले कोरोना महामारीबाट न्यूनिकरणको लागि गरिएको व्यवस्था, व्यवसायीलाई राहत दिने, रोजगारी सिर्जना गर्ने, कृषि क्षेत्रमा प्राथमिकता दिने विषय कार्यान्वायनमा आउन नसक्ने बताए । बजेट चालु आर्थिक वर्षको भन्दा कम भएको र राजस्व समेत घटेको अवस्थामा विशेष क्षेत्रलाई बढी लक्षित गरेर बजेट ल्याउनुपर्ने भए पनि त्यस्तो नभएको उनको भनाई थियो ।

स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट ९० अर्ब मात्र रहेकोले अहिलेको परिस्थितिसँग जुध्न बजेट अपुग हुने उनको भनाई थियो ।