पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् ।
बिहीबार अर्थमन्त्री डा. युबराज खतिवडाले आर्थिक वर्ष २०७७–०७८ का लागिसंसदमा प्रस्तुत गरेको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको उनले प्रतिकृया दिए ।
सरकारले भने जस्तो वैदेशिक ऋण प्राप्त हुने अवस्था नरहेको बताएका पाण्डेले राजश्व कम उठ्ने र वैदेशिक ऋणसमेत पाउन गाह्रो हुने अवस्थामा आन्तरिक ऋणमा जोड दिनुपर्ने बताए ।
स्रोतमाथि दवाव बढेका कारण तरलतामा चाप बढेको बताएका उनले स्वास्थ्यमा बजेटले जोड दिएको विषयलाई सकरात्मक रुपमा व्याख्या गरेका छन् । त्यस्तै पाण्डेले ब्याज र करमा छुट दिएर व्यवसायिक वाताबरण बनाउन प्रयास गरेको बताए ।
प्रतिक्रिया