प्रधानमन्त्री कार्यक्रमको आकार बढाएर दुरुपयोग गर्न बाटो खोलियो : ज्ञानेन्द्र कार्की, पुर्व अर्थमन्त्री


पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले कुनै पनि क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको बताएका छन् ।

बजेटमा धेरै कुरा आए पनि प्राथमिकतामा कुनै पनि क्षेत्र नपरेको टिप्पणी गरेका कार्कीले स्वास्थ्य, रोजगारी तथा शिक्षामा आएका विषयहरु पुरानै प्रकृतिको भएको बताए ।

कृषि क्षेत्रको विकासमा पनि खासै योजना आउन नसकेको उल्लेख गर्दै कार्कीले प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम बढाइएको र उक्त रकम फेरी दुरुपयोग हुने गरी ल्याईएको उनको भनाई थियो ।

समग्रमा बजेट आश्वासन मुखि भए पनि कार्यान्वयनको दिशामा विगतको निरन्तरतालाई जोड दिएको उनले बताए । कोरोना भाइरसबाट प्रभावित भएका क्षेत्रमा पनि राम्रोसँग, उत्साहित रुपमा काम गर्ने गरी कार्यक्रम बजेटमा समावेस नभएको उनको भनाई थियो ।