आधा यात्रु राखेर जेठ २५ देखि छोटो र असार १ गतेदेखि लामो दूरीमा सवारीसाधन चलाउन पाइने

0
Shares

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले जेठ २५ गतेबाट चरणबद्ध रुपमा लकडाउन खुकुलो पार्दै लैजाने प्रस्ताव गरेको छ।
जसअनुसार जेठ २५ गतेदेखि क्षमताभन्दा आधा मात्र यात्रु राखेर छोटो दुरीका लागि र असार १ गतेदेखि लामो दूरीका सवारीसाधन समेत चल्न दिने प्रस्ताव गरेको छ।

शुक्रबार बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले १०० भन्दा कम संक्रमित रहेको जिल्लाहरुमा एक जिल्लाभित्र मात्र चलाउन पाउने तथा जेठ २५ गते आइतबारदेखि र असार १ गतेदेखि लामो दूरीका सवारीसाधन समेत चल्न दिने प्रस्ताव गरेको हो।

यस्तै समितिले असार १ गतेदेखि क्षमताको आधा संख्यामा यात्रु राखेर आन्तरिक हवाइ सेवा समेत सञ्चालन खुला गर्ने निर्णय गरेको छ।  स्थलगत र हवाई दुबैमा सरसफाइका प्रोटोकल तथा एक मिटर धेरै भौतिक दूरीको पालना अनिवार्य गरिएको छ। तर कोरोना संक्रमणको सयभन्दा बढी केसहरू भएका जिल्लामा यो मापदण्ड लागू नहुने बताइएको छ ।

उच्चस्तरीय समितिले तयार पारेको यो प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत नगर्दासम्म सार्वजनिक यातायात चल्ने छैनन्।

 

दैनिक उपभोग्य बाहेकका अन्य सामान विक्री हुने पसल तथा डिपार्टमेन्टल स्टोर समेत खुल्नेछन् भने अस्पताल, प्रयोगशाला र निजी क्लिनिकहरु खुल्ला हुनेछन्।