कुनै पनि बैंकका कर्मचारीले कोरोनोको उपचार नपाएर ज्यान गुमाउनु पर्दैन : भुवन दाहाल


बैंक वित्तीय संस्थाका कर्मचारीहरुले अहिलेको अवस्थामा असुरक्षित भयौं भनेर गुनासो आएको छैन ।

अहिले कोरोनाको सुरक्षाका उपकरणको सहज उपलब्धतासँगै सबै बैंकले आवश्यक सामग्री उपलब्ध गराइरहेका छन् । तपाईले भने अनुसार कुनै बैंकका साथीहरुले समस्या भोग्नु भएको भए बैंकर्स एशोसिएनको गुनासो सुनुवाई समितिमा जानकारी गराउन आग्रह गछौं । त्यस्तो समस्या देखिएको खण्डमा तत्काल समाधानका लागि संघले सम्बन्धित बैंकसँग समन्वय गर्छ ।

बैंकहरुले शाखा सञ्चालनको हकमा आवश्यक जनशक्तिको प्रयोग गरेर नै शाखाहरु सञ्चालन गरिरहेका छन् । एक तिहाई कर्मचारीबाट संस्था चलाउनुपर्ने भनेर गरिएको व्यवस्था अनुसार कुनैपनि शाखा सञ्चालन गर्न सम्भव छैन।

कर्पोरेट तथा मुख्य कार्यालयको हकमा भने एक तिहाई कर्मचारीबाट नै कार्यालय सञ्चालन गर्ने मोडालिटी अनुसार आलोपालो गराई राखिएको छ । यो अवस्थामा म दाबी गरेर भन्छु, कुनै पनि बैंकका कर्मचारीले हतोत्साहित हुनु पर्ने अवस्थामा काम गर्नु परेको छैन । अघि पनि भने कहिी कतै त्यस्तो अपवाद भेटिएमा तत्काल बैंकर्स संघको गुनासो सुनुवाई समितिमा खबर गर्नु होस ।

कोरोना बीमाको रकम थोरै भयो भन्ने विषयलाई प्राथमिकतामा राखिनु हुन्न । यसमा समस्या छ जस्तो लाग्दैन, किनभने हामीले कर्मचारीहरुलाई अरु विभिन्न किसिमका बीमा गराएका छौं । जीवन बीमा, स्वास्थ्य बीमा लगायतका बीमाबाट पनि कर्मचारीहरुको मनोबल बढाउन सहयोग पुगेको छ ।

तपाईको सञ्चार माध्यमबाट म के भन्न चाहन्छु भने पहिलो त कोही पनि कर्मचारी कोरोनाको जोखिमका बिच बैंकिङ सेवा प्रवाह गर्ने क्रममा समस्यामा पर्नु हुन्न । सिधा भन्नु पर्दा कुनै पनि उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्थामा रहँदैनन् । किनकी हामीले त्यो अवस्था आउनै नपर्ने किसिमले तयारीहरु गरेका छौं ।

– बैंकसं संघका अध्यक्ष भुवन कुमार दाहालसँग नोटबजारले गरेको कुराकानीको सम्पादित अंश ।