विभिन्न मुलुकबाट नेपाली नागरिकलाई स्वदेश फर्काउनका लागि हवाई जहाजको भाडा तोकेको सरकारले केही समय बित्न नपाउँदै भाडादरमा संसोधन गरेको छ । चौतर्फी रुपमा सरकारले तोकेको भाडाको बिरोध भए पछि पर्यटन मन्त्रालयले यस अघि तोकिएको भाडामा केही रकम कटौती गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हो ।
बैदेशकि रोजगारीमा गएर समस्यामा परेका तथा सामान्य अवस्थाका नागरिकलाई नेपाल फर्काउने क्रममा सरकारले झण्डै पाँच गूणासम्म बढी पर्ने गरी हवाई भाडा तोकेको थियो । विभिन्न मुलुकबाट नेपाल वायू सेवा निगम, हिमालय एयरलाईन्स र विदेशी हवाई सेवा प्रदायकहरुलाई नेपाली नागरिकलाई विभिन्न गन्तव्यबाट काठमाण्डौं ल्याउनका लागि सरकारले भाडा तोकेको थियो ।
सरकारले तोकेको हवाई भाडा र परिमार्जन पछिको नयाँ भाडा दर अमेरिकी डलरमा :
स्थान पुरानो भाडा नयाँ भाडा
दमाम साउदी ५९० ५३०
रियाद ६३० ५६५
जेद्हा ७७० ६९०
जोर्डन ८१५ ७७५
साइप्रस ८७५ ८३०
खार्तुन(सुडान) ९४० ८९०
फ्रयाङकफर्ट १२५५ ११९०
दुबइ ५०० ४५०
आवुदाबी ५०० ४५०
सारजाह ५०० ४५०
माल्दिभ्स ५०५ ४८०
ओमन ५१० ४६०
क्वाललम्पुर ५२० ४६५
दोहा ५४५ ४९०
बहराइन ५४५ ४९०
कुवेत ५७० ५१०
सिड्नी नयाँ थप १६१५
कोरिया सोल नयाँ थप ८७५
कम्बोडिया नयाँ थप ५२०
लन्डन १३४० १२८०
नयाँ दिल्ली २०५ यथावत
मुम्बइ ३१० यथावत
बैंगलोर ३३५ यथावत
बैंकक ३९० यथावत
नारिता ९३५ यथावत
हङकङ ५५० यथावत
प्रतिक्रिया