नेको इन्स्योरेन्सको शेयर रजिष्ट्रार चयन

0
Shares

नेको इन्स्योरेन्स कम्पनी लिमिटेड (NIL) ले आरबीबी मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

कम्पनी सञ्चालक समितिको निर्णय अनुसार असार १ गते, सोमबारदेखि लागू हुने गरी आरबीबी मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको जनाएको छ ।

यससँगै नेको इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि आरबीबी मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ।