अजोड इन्स्योरेन्सको ३० करोडको आईपिओ असार २५ देखि खुल्ने

0
Shares

अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि ३० करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनले प्रति कित्ता एक सय रुपैयाँका दरले ३० लाख कित्ता आईपिओ निष्काशन गर्नेछ । जसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार सामुहिक लगानी कोषलाई छुट्टाइएको छ। २७ लाख ३० हजार कित्ता सर्वसाधारणलाई बिक्री हुनेछ । 

इन्स्योरेन्सको आईपिओमा न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्म छिटोमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ
उक्त आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ। ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ।
चुक्ता पूँजी ७० करोड रहेको यस इन्स्योरेन्सको आईपिओ निष्काशनपछि चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ५१ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जसको वार्षिक प्रतिशेयर आम्दानी ६.६९ रुपैयाँ रहेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको जगेडा कोषमा ३ करोड ३३ लाख रुपैयाँ सञ्चित छ भने बीमा कोषमा ४ करोड ८१ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ५० लाख रुपैयाँ सञ्चित छ।

चैत मसान्तको अवधिमा इन्स्योरेन्सले १८ करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।