दुई इन्स्योरेन्सले ९३ करोडको आईपीओ निष्काशन गर्न मागे अनुमति

0
Shares


दुई इन्स्योरेन्स कम्पनीले ९३ करोड रुपैयाँ बराबरको ९३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै निवेदन दिएका छन्।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता र सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन पेश गरेका हुन् ।

रिलायन्स लाइफले असार ९ गते मंगलबार र सानिमा जनरल इन्स्योरेन्सले असार १४ गते आइतबार अनुमति माग गरेको बोर्डले जनाएको छ।

रिलायन्स लाइफले साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडलाई र सानिमा जनरल इन्स्योरेन्सले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई चयन गरेको छ।