नबिल बैंक र हुवावे टेक्नलोजीज् बीच रणनैतिक साझेदारी सम्झौता

0
Shares

नबिल बैंक (NABIL) ले हुवावे टेक्नलोजीज्सँग आज एक कार्याक्रमका बीच रणनैतिक साझेदारीको समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

उक्त समझदारी पत्रमा नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा हुवावे टेक्नलोजीज् नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले हुवावे जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा उत्साह व्यक्त गरे ।

यो रणनैतिक महत्वको सहकार्यले नबिल बैंकको ग्राहक केन्द्रित लिडिङ्ग डिजिटल बैंक बन्ने अठोटलाई सशक्त रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास बैंकको छ।