नेप्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सञ्जिव सुब्बालाई

0
Shares

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सञ्जिब सुब्बाले पाएका छन् । सुब्बाले बिहीबारदेखि नै कार्यभार सम्हाली सकेका छन् । 

नेसनल बैंकिङ इन्स्टिच्यूट (एनबीआइ) का प्रमूख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका सुब्बा तत्कालीन ग्रिनलेज बैंकमा आफ्नो व्यावसयीक जिवन सुरु गरेका हुन । सुब्बासंग करिब १० वर्षको बैंकिङ क्षेत्रको अनुभव रहेको छ ।

बैंकिङको अनुभव संगै थाइल्याण्ड स्थित अमेरिकी वेवस्टर विश्वाविद्यालयको कार्यकारी निर्देशकको रुपमा १० वर्ष विताएका सुब्बा एनविआई स्थापना देखि नै नेतृत्वको जिम्मेबारी सम्हाल्दै आएका थिए ।

शैक्षिक रुपमा व्यावसायीक प्रसासनमा स्नकोत्तर गरेका सुब्बाले एक्जुकेटीभ एडुकेसन प्रोग्राममा स्ट्याण्डफर्ड युनिभर्सिटीवाट स्नातक गरेका छन्। अन्तर्राष्ट्रिय वित्त निगम मार्फत संस्थागत सुसानमा मास्टर ट्रेनरको रुपमा प्रमाणपत्र हासिल गरेका सुब्बाले नेपाली बैंकिङ क्षेत्रले प्रविधिको सुरक्षाका लागी लगानी गर्न आवश्यक रहेको बताउँछन् ।

विद्युतीय भुक्तनीको तथा फिनटेकमा काम गर्दे आएको नेप्समा गतवर्ष एटिएम ह्याकरका कारण चर्चामा आएको थियो। नेपाली बैंकिङ प्रणालीमा फिनटेकलाई भित्र्याउनका लागि एडभोकेसी गर्दै आएका सुुब्बा बैंक/वित्तीय प्रणालीका जानकार पनि हुन्।

यसअघि नेप्सेमा बैंंकिङ सुचना तथा प्रविधिको क्षेत्रमा ३० वर्ष भन्दा बढि कार्य अनुभव हासिल गरेका प्रविन प्रकाश क्षेत्री प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका थिए। क्षेत्री यस अघि बैंक अफ काठमाण्डू लिमिटेडमा नायव महाप्रवन्धक र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र नविल बैंक लिमिटेडमा समेत विभिन्न पदमा रही जिम्मेवारी बहन गरेका थिए।

१५ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित नेप्स, एक पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सेक्यूरिटी स्ट्याण्डर्ड(पीसीआई डीएसएस भर्सन ३.२) र पीसीआई पीन प्रमाणित कम्पनी हो। यो कम्पनी बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आएको छ ।