‘बैंकहरुले कर्जाको ब्याजदर घटाउँदा अर्थतन्त्रलाई नै असर गर्छ’ – ढुङगाना

0
Shares

बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर घटाउँदा निक्षेपको ब्याजदर पनि घटाउनै पर्ने नेपाल बैंकर्स एसोशिएसनका पूर्व अध्यक्ष ज्ञानेन्द्र ढुङगानाले बताए । बैंकहरुले कर्जाको ब्याजदर घटाउँदा अर्थतन्त्रलाई नै नकारात्मक असर पर्ने समेत उनले बताए । 

आागमी आर्थिक वर्षको मौद्रिक नीति बैंकरका लागि भन्दा पनि कोभिड–१९ र बाढी, पहिरोले पारेको समस्यालाई सम्बोधन गर्ने गरी आउनु पर्ने ढुङगानाको भनाइ छ ।

आगमी आर्थिक वर्षको बजेटमा अधिकतम राहतको आशा राखेको भएपनि त्यसलाइ सम्बोधन हुन नसकेको औल्याउदै ढुङगानाले भने,“अहिले सम्पूर्ण क्षेत्रको ध्यान नेपाल राष्ट्र बैंकतर्फ रहेको छ, अहिले बाँच्ने र बचाउने बेला हो । मौद्रिक नीति क्षणिक अवस्थालाई भन्दापनि दीर्घकालिन अवस्था हेरेर आउनुपर्छ ।”

बैंकको ब्याजदर कम गर्नलाई बैंकरहरु प्रयासरत रहेको उनको भनाई छ । १५ खेअि १६ प्रतिशतको ब्याजदरलाई १२ प्रतिशतमा ल्याएको बताउदै उनले भने,“ व्याजदरलाई सिंगल डिजिटमा ल्याउने कोशिष गर्दैछौं ।”

उनले राज्यले अति प्रभावित क्षेत्रलाई सुविधा दिनुपर्नेमा जोड दिए । उद्योगी, व्यवसायी, व्यापारी, बैंकर्सलगायत सबै क्षेत्रका सरोकारवालाहरुले मौद्रिक नीतिमा केही अपेक्षा गर्नु स्वभाविक भएपनि मौद्रिक नीतिका केही आफ्नै सीमाहरु हुने तर्क गरे । कोभिडबाट सबैभन्दा बढी, मध्यम र कम प्रभावित गरी ३ भागमा वर्गिकरण गरेर ऋणको किस्ता तिर्ने विषयमा केही न केही समय थप हुने उनले विश्वास दिलाए ।