बुटवल पावरको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग

0
Shares

बुटवल पावर कम्पनी लिमिटेड (BPCL) ले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

बुटवल पावर कम्पनी प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठले साउन १ गतेदेखि लागू हुने गरी कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई तीन वर्षको लागि शेयर रजिष्ट्रारमा नियुुक्त गरेको जानकारी दिए।

यसअघि एनएमबि क्यापिटल नक्साल मार्फत कम्पनीको आरटिएस सेवा प्रवाह हुँदै आएको थियो।

नयाँ शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग नियुक्ती भएसँगै अब कम्पनीको धितोपत्र सम्बन्धी सम्पूर्ण कार्यहरु नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग, नारायणचौर नक्सालबाट हुनेछन् ।

संगठित संस्थाहरुको धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राखिदिने र दाखिल खारेज वा नामासारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मा लिने संस्थालाई शेयर रजिष्ट्रार भनिन्छ।