प्रि ओपनिङ्गमा नेप्से २.८३ अंकले बढ्यो, अधिकांश स्टकमा हरियाली

0
Shares

शेयर बजार मापक सूचक नेप्से बुधबार प्रि ओपनिङ्ग सेसनमा २.८३ अंकले बढेको छ।

नेप्सेका अनुसार कारोबारमा आएका ११ कम्पनीमध्ये ९ कम्पनीको शेयरमूल्य बढेपछि नेप्से सकारात्मक देखिएको हो।

यस अवधिमा एनआईसी एशिया लघुवित्त, सबैको लघुवित्त, साञ्जेन जलविद्युत कम्पनी, महिला सहयात्रा माइक्रोफाइनान्स, मञ्जुश्री फाइनान्स, मुक्तिनाथ विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरैले बढेको छ। शिवम् सिमेन्ट र नेपाल बैंकको मूल्य स्थिर छ।

नेप्से २.८३ अंकले बढेर १४५२. ७८ बिन्दुमा पुगेको छ। यस अवधिमा ११ कम्पनीका २ हजार २४५ कित्ता शेयर १४ लाख १९ हजार ४०० रुपैयाँमा खरीद बिक्री भएका छन्।

प्रकाशित मिति: ७ साउन २०७७, बुधबार  ११ : ०० बजे