सिंहदरबारका कर्मचारीको कोरोना परीक्षण गरिँदै


उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मुख्य प्रशासनिक केन्द्र सिंहदरबार भित्रका कर्मचारीहरुको कोरोना परीक्षण थालिएको छ ।

सिंहदरबारस्थित विभिन्न मन्त्रालय तथा कार्यालयमा कार्यरत कर्मचारीहरूको मङ्गलवार कोरोना परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको हो ।

सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिन र प्रहरी वृत्त अगाडिको खाली स्थानमा स्वाब संकलन भइरहेको छ ।

सिंहदरबारभित्रका कर्मचारीहरुमा कोरोना संक्रमण भए नभएको पत्ता लगाउनका लागि मंगलबार स्वाब संकलन गरिएको बताइएको छ ।

धेरै जनसम्पर्कमा रहँदै आएका विभिन्न मन्त्रालयका कर्मचारीको नामावली तयार पारेर स्वाब संकलन गरिएको हो ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।