तीन वाणिज्य बैंकले घटाएर सार्वजनिक गरे नयाँ ब्याजदर, कसको कति ?

0
Shares

तीन वाणिज्य बैंकले आफ्नो कर्जा र निक्षेपको ब्याजदर घटाएका छन् । साउन १४ गते, बुधबारदेखि लागू हुने गरी नेपाल बैंक, सनराइज बैंक, र नेपाल इन्भेष्टमेन्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हुन्।

कोभिड असरपछि नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाएपछि अधिकांश बैंकले कर्जासँगै निक्षेपमा प्रदान गर्दै आइरहेका ब्याजदर घटाएर नयाँ ब्याजदर लागू गरेका हुन्।

नेपाल बैंक

नेपाल बैंकले आफ्नो साधारण बचत खाताको ब्याजदर ३ प्रतिशतसम्म झारेको छ। अधिकतम ५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको बैंकले १३ प्रकारको खातामा यो ब्याजदर लागू हुने जनाएको छ। दश प्रकारका खातामा ४ प्रतिशत र एक प्रकारको खातामा ३ प्रतिशत ब्याज प्रदान गर्ने बैंकले जनाएको छ।

यस्तै इम्प्लोई वेलफेयर अकाउण्टमा ५ प्रतिशत, अक्षयकोष खातामा ६.५० प्रतिशत, एनबिएल ट्रष्ट फण्डमा ७.२५ प्रतिशत, र साधारण कल खातामा २ प्रतिशत ब्याज पाइने बैंकद्धारा जारी सूचनामा उल्लेख छ।

यसैगरी बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ३ महिनामा ७.२५ प्रतिशत र ३ महिनादेखि ५ वर्ष अवधिसम्ममा पनि ७.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।

यस्तै संस्थागत मुद्दतीतर्फ भने बैंकले ३ महिनामा ६.५० प्रतिशत, ३ महिनादेखि ५ वर्ष अवधिसम्ममा पनि ६.५० प्रतिशत नै ब्याजदर दिने भएको छ। नवीकरण हुने संस्थागत मुद्दतीमा भने थप ०.१० प्रतिशत गरी ६.६० प्रतिशत ब्याजदर पाउनेछन्।

बैंकले घर कर्जातर्फ ५ वर्षे, प्रोफसनल लोन, र होम लोन (नेपालक्ष्मी) मा १.५५ देखि २.१६, दश वर्ष अवधिको घरकर्जामा २.१९ देखि २.८० र १५ वर्षभन्दा बढी अवधिको कर्जामा ३.०५ देखि ३.८० प्रतिशत प्रिमियम लाग्ने जनाएको छ। यस्तै सुलभ आवास कर्जामा ५, १०, १५ र २० वर्ष अवधिको मर्जामा क्रमशः १, १.२५, १.५० र २ प्रतिशत प्रमियम लाग्ने उल्लेख छ।

यसैगरी शेयर धितोमा प्रवाह हुने मार्जिन लेण्डिङ्ग कर्जामा २.०५ देखि ५.०२ प्रतिशत, र गाडी कर्जामा ७ वर्षको व्यक्तिगत आवधिक कर्जा, ५ वर्ष अवधिको विजनेस प्रयोजनमा उपयोग हुने व्यक्तिगत कर्जा, ३ देखि ५ वर्ष अवधिको कमर्सियल प्रयोजनको गाडी कर्जामा ३.५५ देखि ४.१६ प्रतिशतसम्म प्रिमियम, अटोलोन (नेपालक्ष्मी) र प्रोफेसनल अटो लोनमा १.५५ देखि २.१६ प्रतिशत, इलेक्ट्रिकल भेइकल २.०१ देखि ४.१६ र ५ वर्ष अवधिको व्यक्तिगत गाडी कर्जामा २.५५ देखि ३.१६ प्रतिशत प्रिमियम लाग्ने बैंकले जनाएको छ।

सबै प्रकारका वर्किङ्ग क्यापिटलमा ०.६९ प्रतिशतदेखि ३.६६ प्रतिशतसम्म प्रिमियममा कर्जा उपलब्ध गराउने जनाएको बैंकले विपन्नवर्ग कर्जामा व्यक्तिगतमा १.५५ देखि २.१६ प्रतिशत, संस्थागत (होलसेल) रिभल्भिङ्ग र संस्थागत (होलसेल) टर्म लोनमा ०.१९ देखि १.३० प्रतिशत, प्रतिशत संस्थागत (रिटेल) रिभल्भिङ्ग र संस्थागत (होलसेल) टर्म लोनमा १.१९ देखि १.८० प्रतिशत, र कृषि कर्जामा २ प्रतिशत प्रिमियम लाग्ने जनाएको छ।

असार मसान्तमा नेपाल बैंकको आधार ब्याजदर ६.९९ प्रतिशत रहेको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले पनि ३ देखि ५ प्रतिशतमा साधारण बचत खाताको ब्याजदर तोकेको छ। अमेरिकी डलमा ०.७५ प्रतिशत तोकिएको छ। मुद्दती निक्षेपतर्फ १ वर्षसम्मको व्यक्तिगतमा ७.७५ प्रतिशत, १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ८.२५ प्रतिशत ब्याजदर पाउनेछन्।

संस्थागतलाई ७ र नवीकरणमा ७.१० प्रतिशत तोकिएको छ। संस्थागत निक्षेप (विडिङ्ग) मा ६.५० प्रतिशत र नवीकरणमा ६.६० प्रतिशत, ३३ महिनाको रिकरिङ्ग बचत खातामा ८.२५ प्रतिशत र ८.२५ वर्षमा ग्रीन डबल मुद्दती निक्षेपमा दोब्बर पाइनेछ।

बैंकले कर्जा लगानीतर्फ पनि बैंकले कर्जाको प्रकृति हेरी आधार ब्याजदरमा ०.१५ देखि अधिकतम ५ प्रतिशत प्रिमियम रेटमा कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकले ओभर ड्राफ्ट, टर्म लोन, हाउजिङ्ग, हायर पर्चेज लोन, र वर्किङ्ग क्यापिटल लोन १.५० देखि ५ प्रतिशत प्रिमियममा उपलब्ध गराउने भएको छ।

सोलान लोन ०.१५ देखि ४ प्रतिशत प्रिमियममा उपलब्ध गराउने जनाएको बैंकले जीबन बीमालेख धितोमा १ देखि ४ प्रतिशत, क्रेडिट कार्डमा २ प्रतिशत, क्लिन सोसियल लोन र एजुकेशनल लोनमा २ देखि ५ प्रतिशत प्रिमियम जोड्ने जनाएको छ।

यसैगरी सर्ट टर्म लोनमा २ देखि ५ प्रतिशत, कन्ट्राक्ट लोन र सर्ट टर्म टाइम लोन १.७५ देखि ५ प्रतिशत, ट्रष्ट रिसिप्टमा टर्म लोन र मिडियम टर्म लोनमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लाग्ने बैंकले जनाएको छ।

एनआईबिएल होम लोन, प्रोडक्टिभ एग्रिकल्चर लोन, सुनचाँदी धितो, शेयर धितो, एसएमई, र एनआईबिएल इको लोनमा समान ९.९९ प्रतिशत ब्याजदर तोकिएको छ। ग्रोइङ्ग इन्टरप्राइजेज लोन ७.९९ प्रतिशत र सस्टेनेबल सर्ट टर्म लोन ८ प्रतिशतमै उपलब्ध गराउने जनाएको छ।

असार मसान्तमा नेपाल बैंकको आधार ब्याजदर ७.८८ प्रतिशत, कोषको लागत ५.८५ प्रतिशत र स्प्रेडदर ३.९९ प्रतिशत रहेको छ।

सनराइज बैंक

सनराइज बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले विभिन्न खातामा आज साउन १४ गते, बुधबारबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकका अनुसार बैंकमा साधारण बचत खाता खोलेका बचतकर्ताले अब २.५० देखि ४ प्रतिशत मात्र ब्याज पाउने भएका छन् । पाँच प्रकारका खातामा अधिकतम ४ प्रतिशत ब्याज दिने जनाएको बैंकले दश प्रकारका खातामा भने २.५० प्रतिशत मात्र ब्याज आउने जनाएको छ।

बैदेशिक मुद्राको बचत खातामा अधिकतम २ प्रतिशत ब्याज पाइनेछ। पाउण्ड स्र्टलिङ्गमा भने १ प्रतिशत मात्र पाइने बैंकले जनाएको छ।

यसैगरि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ३ महिनामा ७ प्रतिशत र ३ महिनादेखि १ वर्ष अवधिसम्ममा पनि ७.२५ प्रतिशत, १ देखि २ वर्ष वर्षसम्मको अवधिमा ७.५० प्रतिशत र २ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा अधिकतम ७.७५ प्रतिशत ब्याज पाइनेछ।

सनराइज न्यूनतम १ लाख मौज्दात भएको एनआरएन फिक्स्ड डिपोजिटमा ७.२५ प्रतिशत ब्याज पाइनेछ भने संस्थागत मुद्दतीतर्फ भने बैंकले ३ महिना वा सोभन्दा बढी ६.५० प्रतिशत, र नवीकरणमा ६.६० प्रतिशत नै ब्याजदर दिने भएको छ। नवीकरण हुने संस्थागत मुद्दतीमा भने थप ०.१० प्रतिशत गरि ६.६० प्रतिशत ब्याजदर पाउनेछन्।

एक देखि पाँच वर्ष अवधिको रिकरिङ्ग डिपोजिटमा ७.५० प्रतिशत ब्याज पाइने भएको छ।

कर्जा लगानीतर्फ बैंकले आधार ब्याजदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा लगानी गर्ने जनाएको छ। वैदेशिक मुद्रामा प्रवाह हुने कर्जामा लिबोर दरमा १.२५ प्रतिशत, एफडिआरमा कुपन रेटमा २ प्रतिशत वा आधार ब्याजदरमा जुन बढी हुन्छ त्यहि, क्रेडिट कार्डमा प्रतिमहिना २ प्रतिशत, र सहवित्तीयकरणमा प्रवाह हुने कर्जा आपसी समझदारीमा हुने उल्लेख गरिएको छ।
असार मसान्तमा महालक्ष्मी विकास बैंकको आधार ब्याजदर ८.९५ प्रतिशत र स्प्रेडदर ४.३७ प्रतिशत छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ साउन २०७७, बुधबार  ११ : ०९ बजे