आरएमडिसी लघुवित्त वित्तीय संस्था (RMDC) ले साढे ९ प्रतिशतको सुलभ ब्याजदरमा लघुवित्त वित्तीय संस्था र सहकारी संस्थाहरुलाई बढीमा २ करोड रुपैयाँसम्मको कोभिड १९ ऋण उपलब्ध गराउने गराउने भएको छ।
लघुवित्त वित्तीय संस्थाहरुलाई थोक कर्जा उपलब्ध गराउँदै आएको यस कम्पनीले विश्वमहामारी कोभिड १९ का कारण परेको प्रतिकुल परिस्थितिमा साझेदार लघुवित्त वित्तीय संस्था तथा सहकारी र तिनका ग्राहकलाई सहजता प्रदान गर्नका लागि सुलभ ब्याजदरमा ऋण दिने सुविधा ल्याएको जनाएको छ।
यसबाट लघुवित्त वित्तीय संस्था तथा सहकारी र तिनका ग्राहकलाई लाभ पुग्ने कम्पनीको विश्वास रहेको छ। ऋणका बारेमा थप जानकारी लघुवित्तको पुतलीसकड काठमाण्डौं, शाखा कार्यालय इटहरी र कोहलपुरबाट प्रदान गर्ने कम्पनीले जनाएको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया