नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विभिन्न कोडको अनाधिकृत प्रयोग गरी ठूलो मात्रामा वेबसाइटबाट तथ्यांक तथा विवरणहरु तान्ने प्रयास भइरहेकाले वेबसाइट चल्न नसकेकी वास्तविक लगानीकर्ताको पहुँच हुन नसकेको कारण देखाउँदै मंगलबार वेब पोर्टलबाट अनाधिकृत रुपमा डाटा तान्न खोज्नेहरुको पहिचान र सेवा बन्द गर्ने नेप्सेले घोषणा गर्यो।
यसले नेप्सेको वेवसाइट मार्फत डेटा लिएर सशुल्क वा निशुल्क डाटाको व्यवसाय गर्ने स्वदेशी तथा विदेशी भेण्डर कम्पनीहरु, बैंक तथा वित्तीय संस्थाहरु, पोर्टफोलियो म्यानेजर र प्राविधिक विश्लेषण गर्नेहरुको सेवा अवरुद्ध गर्न नहुने बताएका छन्।
नेप्सेले डेटा फिडलाई बन्द गर्न नहुने बरु निश्चित शुल्क तिरेर उचित मूल्य तोकी अधिकृत रूपमा नै डेटा फिड दिने व्यवस्था गर्नुपर्ने माग उनीहरुको छ। यस्तै डेडा स्क्रोलिङ्ग बन्द गरे आफुहरुले एकपटक लिएर हजारौंलाई प्रदान गरिहेको प्रयोगकर्ता नेप्सेको वेबसाइटमा हेर्न जाँदा थप लोड हुने भएकाले एउटा लिमिट राखेर धेरै डेटा तान्ने आईपी ब्लक गर्नुपर्ने उनीहरुले बताएका छन्।
बुधबार नेप्से चार्ट नामक सेवा प्रदायकले भनेको छ हिजो आएको नेप्सेको सूचनाले हाम्रो सर्भिसमा असर पर्न सक्ने देखिएको छ। हामीले जम्मा २/४ मिनेटमा १ चोटी नेप्सेको पेजमा भएको सामान्य डाटा लिने हो । त्यो भनेको २-४ मिनेटमा १ चोटी पेज रेफ्रेश गर्नु बराबर हो । यो त एउटा सामान्य भ्युअरले पनि गर्छ । त्यो एकचोटी रेफ्रेश गरेर हामीले हजारौं जनालाई सर्भिस दिइरहेका हुन्छौं । यदि हाम्रो सर्भिस बन्द गरेर ति हजारौं युजर नेप्सेकै वेबसाइटमा गए भने झनै लोड बढ्ने हो। हामीजस्तो थोरै डाटा लिएर धेरै लोड शेयर गर्ने नि:शुल्क सर्भिस प्रोभाइडरलाई बन्देज लगाउनुभन्दा एउटा लिमिट राखेर त्यो लिमिटभन्दा धेरै डाटा लिन खोज्ने आईपीहरु ब्लक गरे भै त हाल्यो। संसारभरि हुने पनि यही हो।
विकसित ठाउँमा सार्वजनिक प्रयोग गर्न दिएको डाटा युजरले विभिन्न प्रकारले इनोभेटिभ तरिकाले प्रायोग गर्न सक्छन, हाम्रोमा त्यो बाटो सुरुमै बन्द गर्न खोजिँदै छ । यसरी नयाँ-नयाँ प्रयोगलाई नै बन्देज लगाउने गरी आएको सूचना आम लगानीकर्ता स्तरबाट विरोध नभए दु:खका साथ हामीले पनि आफ्नो नि:शुल्क सर्भिस निकट भविस्यमा बन्द गर्नुपर्ने हुन सक्छ ।
यस्तै चार्टड फाइनान्सियल एनालिस्ट विष्णुप्रसाद बस्याल भनेका छन् विश्व भरिका एक्सचेनञ्ज हरुले लाइभ डेडा फिड विभिन्न डेटा भेन्डर हरुलाई एउटा निश्चित मूल्य तोकेर दिने गरेको छ। लाइभ डेडा फिडको मद्दत बाट नै विभिन्न एनालिस्ट विशेष गरी टेक्निकल एनालिस्टहहरुले इन्ट्रा डे ट्रेडको एनालाइसिस गर्न सजिलो बनाएको छ। तर नेप्से को हालको विज्ञप्तिले अब इन्ट्रा डे डेटा फिड नपाइने अवस्था सृजना गरेको छ। अनाधिकृत रूपले डाटा एक्ट्याक्ट्र गर्नु अवश्य पनि राम्रो होइन तर नेप्सेले अधिकृत रूपमा डाटा फिड दिने कुनै व्यवस्था नै न गर्दा सायद यो अवस्था सृजना भएको हो।
पूरा विश्व टेक्नोलोजीको मामिलामा फोर स्टेप फरवार्ड हुन्छ भने नेपाल एक्सचेन्ज टु स्टेप ब्याकवार्ड भै राखेको छ। कृपया नेप्सेको ध्यान डेटा एक्ट्याक्ट्र गर्नबाट रोक्नु भन्दा पनि तुरून्त उचित मूल्य तोकी अधिकृत रूपमा नै डेटा फिड दिने व्यवस्था मिलाइयोस्। बजारलाई प्रभावित गर्ने उचित डाटा पाउनु बजारका सहभागीहरुको जरूरत तथा हक दुवै हो। नेप्सेको ध्यान यो तर्फ पनि जाओस्।
नेप्सेको वेवसाइटबाट एकै पटक ठूलो परिमाणमा तथ्यांक तान्ने प्रयास हुँदा कृतिम प्रयोगकर्ताको संख्या अधिक बढेको र अनाधिकृत रुपमा वेबसाइटमा पहुँच स्थापित भइरहेको अवस्थालाई समाधान गर्न प्राविधिक उपायहरु अवलम्बन गरिरहेको नेप्सेको बताएको छ। उसले आगामी दिनमा पनि त्यस्ता अभ्यास गर्ने उपर कानुनी कार्वाही अघि बढाउने समेत जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया