नेपाल बंगलादेश बैंकद्वारा बाढी पीडितलाई सहयोग


सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा बाढी–पहिरोको कारणले प्रभावित स्थानियवासीहरुलाई नेपाल बंगलादेश बैकले आर्थिक सहायता उपलब्ध गराएको छ । 

बाढी तथा पहिरोको कारण विस्थापित परिवारहरुलाई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत राहत वितरणका निम्ति बाह्रविसे नगरपालिका मार्फत आर्थिक सहयोग स्वरुप १ लाख रुपैयाँ मात्रको चेक हस्तान्तरण गरेको हो । 

उक्त बाढी तथा पहिरोको कारण हुन गएको क्षति प्रति नेपाल बंगलादेश बैंक बाह्रविसे शाखा तथा बैंक परिवारले गहिरो दुःख ब्यक्त गरेको छ । 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।