प्रि-ओपनिङ्गमा ५ कम्पनीको कारोबार, तेस्रो दिनमा पनि अजोडको हुन सकेन

0
Shares

साताको अन्तिम दिन सुरुवाती कारोबार समय (प्रि ओपनिङ्ग सेसन) मा ५ कम्पनीको मात्र शेयर कारोबार भएको छ। दुई दिनअघि मंगलबार नै कारोबार खुल्नुपर्ने अजोड इन्स्योरेन्सको आज पनि स्पेशल प्रि ओपनिङ्ग सेसनमा कारोबार हुन सकेन।

यससँगै इन्स्योरेन्सको बिहीबार पनि शेयर कारोबार नहुने देखिएको छ। आज नेपाल रि-इन्स्योरेन्स, जोशी हाइड्रोपावर, मिर्मिरे माइक्रोफाइनान्स, सिभिल बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ। कारोबारमा आएको पाँचवटै कम्पनीको शेयरमूल्य बढेको छ।

प्रि ओपनिङ्ग सेसनमा ५ कम्पनीका ४०९ कित्ता शेयर २ लाख ४५ हजार ४०१ रुपैयाँमा कारोबार भएको छ।

नेप्से सूचक १.६२ अंकले बढेर १४३३.१४ बिन्दुमा पुगेको छ। जोशी हाइड्रोपावर, मिर्मिरे माइक्रोफाइनान्स, सिभिल बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ४ प्रतिशत धेरै बढेको छ।

हरेक दिने नेप्सेमा १०:३० देखि १५ मिनेटसम्म अर्थात १०:४५ बजेसम्म प्रि ओपनिङ्ग सेसन चल्ने गर्दछ। यो समयमा हाल अधिकतम ५ प्रतिशतसम्म तलरमाथिसम्म मूल्य राखेर कारोबार गर्न सकिन्छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।