एसबिआई बैंकका ग्राहकले चिरायू हस्पिटलमा छुट पाउने

0
Shares

नेपाल एसबिआई बैंक र चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रा.लि. बीच बैंकका ग्राहकहरुबीच छुट दिने समझदारी भएको छ।

यससँगै नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुले चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूटमा कार्ड प्रयोग बापत हस्पिटल सेवामा १५ प्रतिशत सम्मको छुट पाउनेछन्।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा लिने निश्चित सूविधामा सो छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रवद्र्धन अधिकृत छपिराज पन्त तथा चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रा.लि.का निर्देशक संजिव राजभण्डारीका बीच सम्पन्न भएको हो।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।