एनएमबि बैंक र सिप्रदी ट्रेडिङबीच सहुलियतपूर्ण कर्जा दिने समझदारी


सहूलियपूर्ण कर्जा दिन एनएमबि बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता भएको छ ।

स्वरोजगारमूलक व्यवसायको दिगो विकास एवं प्रवद्र्घन गर्ने उद्देश्यका साथै सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयनका लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख छ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र सिप्रदी ट्रेडिङका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलियाले एनएमबि बैंकमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।

यस अन्तर्गत दोस्रो पक्षले सहुलियतपूर्ण कर्जा जस्तै महिला उद्यमशील कर्जा, वैदेशिक रोजगारबाट फर्केर स्वदेशमा उद्यम गर्न लागेका यूवाहरु, दलित तथा पिछडिएका समुदाय, शैक्षिक बेरोजगार यूवाहरुलाई लक्षित गरि सम्भाव्य उद्यमीहरुको पहिचान गर्ने छ ।

एनएमबि बैंकले योग्यता पुगेका उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही सवारी साधन खरिद कर्जा प्रदान गर्ने सम्बन्धमा सहकार्य गर्ने लक्ष्य लिएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।