९ हजार निष्क्रिय खातावालालाई कुमारी बैंकले भन्यो ‘निक्षेप रकम लैजानुस, नत्र बैंकिङ विकास कोषमा जम्मा हुन्छ’


बैंक खाता खोलेपछि दोहोर्याएर बैंक नपुग्नेहरुको संख्या अहिले पनि धेरै छ । फरक-फरक कामको सिलसिलामा एक व्यक्तिले नै विभिन्न बैंकमा खाता खोल्ने क्रम अझै पनि तीब्र गतिमा चलिरहेको छ । धेरै बैंकमा खाता खोलेर कामहरु गर्दै जाँदा कतिपय बैंक खाता खोलेको र त्यहाँ रहेको निक्षेप रकमका बारेमा भुल्नेहरु पनि उत्तिकै छन् । धेरै ठूलो रकम निक्षेप नहुने भएकाले पनि खातावालाहरुले त्यस्ता बैंक खाताको बारेमा खासै चासो राख्दैनन् ।

कतिपय खातावालाहरुको बैंक खातामा भने औसतभन्दा धेरै निक्षेप सञ्चित रहेका बेला पनि बैंक खाताको खोजी नगरेको देखिएको छ ।

यसै क्रममा कुमारी बैंकले १० वर्षसम्म निष्क्रिय रहेका ९ हजार बढी खातावालाहरुको विवरण सार्वजनिक गरेको छ । बैंकले खातावालाहरु सम्पर्कमा नआएको खण्डमा खातामा मौज्दात रहेको रकम २० वर्षपछि बैंकिङ विकास कोषमा जम्मा गरिने बैंकले जनाएको छ । बैंकले खातावाहरुलाई हकदाबी लिनका लागि आग्रह गर्दै २०७७ असार मसान्तसम्ममा १० वर्षदेखि निष्क्रिय रहेका बैंक खाता तथा खातावालाहरुको विबरण सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको मुलुकभरका खातावालाहरुको विवरण यस्तो छ । फोटो तथा यो लिंकमा क्लिक गरी सबै खातावालाहरुको विवरण हेर्न सकिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।