समता लघुवित्तले डिम्याट खातामा बोनस शेयर पठायो, कागजी शेयरधनीले डिम्याट गरेपछि मात्र पाउने


समता लघुवित्तले आर्थिक वर्ष २०७५÷७६ को कमाईबाट लगानीकर्तालाई बितरण गरेको बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा पठाएको छ । लघुवित्तको गत पुस २९ गतेको छैटौं साधारणसभाबाट पारित गरेको ५ प्रतिशत बोनस शेयर डिम्याट खातामा पठाएको लघुवित्तको आरटीएस एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

लघुवित्तको कागजी शेयर भएका लगानीकर्तालाई शेयर डिम्याट भएपछि मात्र डिम्याट खातामा शेयर जम्मा हुने भन्दै शेयर डिम्याट गर्न आग्रह गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।