धौलागिरी लघुवित्तको खुद नाफा ८० प्रतिशतले बढ्यो

0
Shares

धौलागिरी लघुवित्तले गत आर्थिक वर्षमा ७९.६९ प्रतिशतले खुद नाफा बढाएको छ।

आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्मको अपरिष्किृत वित्तीय विवरण अनुसार लघुवित्तले ८८ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवमा कम्पनीले ४९ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी ७ करोड ९६ लाख ५५ हजार रुपैयाँ रहेको छ। अघिल्लो आवको यसै अवधिमा ३ करोड ९ लाख २१ हजार रुपैयाँ रहेको थियो।

चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको यस लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १२.६० रुपैयाँ छ। लघुवित्तको जगेडा कोषको आकार ९५ लाख ६९ हजारले बढेर ६ करोड ७ लाख ८७ हजार रुपैयाँ रुपैयाँ सञ्चित छ।

आर्थिक वर्ष २०७६/७७ मा लघुवित्तले ४६ करोड ६ लाख निक्षेप संकलन र १७ करोड ५७ लाख रुपैयाँ सापटीबाट ७९ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तको लघुवित्तको १०.९३ प्रतिशत, खराब कर्जा अनुपात २.२२ प्रतिशत, र कोषको लागत ८.४९ प्रतिशत, रिर्टन अन इक्वीटी ११.९२ प्रतिशत रहेको छ।

धौलागिरी लघुवित्त आँधिखोला वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रकृयामा रहेको छ।दुई लघुवित्तबीच गत पुस २ गते आँधिखोला लघुवित्तसँग गाभ्ने।गाभिने सम्झौता भएको थियो।

स्याङजामा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्त र बाग्लुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त आपसमा गाभिएपश्चात बन्ने नयाँ संस्थाको नाम धौलागिरी आँधिखोला लघुवित्त रहने छ भने चुक्ता पूँजी १७ करोड रुपैयाँ पुग्नेछ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ साउन २०७७, आइतबार  ०९ : ०४ बजे