साताको पहिलो दिन आइतबार शेयर बजारमा २ प्रतिशत अर्थात ३० अंक बढीको गिरावट आएको छ। यद्यपी घट्दो बजारमा पनि तीन कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ।
आजको बजारमा आरम्भ चौतारी लघुवित्त, अजोड इन्स्योरेन्स र र नेपाल फाइनान्सको शेयरमूल्यमा सर्किट लागेको हो।
आरम्भ चौतारी मर्जर पछि हालै मात्र नेप्सेमा कारोबार सुरु भएको कम्पनी हो। अन्य लघुवित्त कम्पनीको तुलनामा कम्पनीको शेयरमूल्य तल नै रहेकाले लगानीकर्ताले बढ्दो मूल्यमा पनि शेयर खरीद गर्न इच्छुक देखिएका छन्।
त्यसैगरी अजोड इन्स्योरेन्स चौंथो दिनपछि आजदेखि मात्रै कारोबार सुरु भएको कम्पनी हो। अन्य इन्स्योरेन्स कम्पनीको शेयरमूल्यभन्दा तल कारोबार रेञ्ज रहेका कारण कम्पनीको शेयर आगामी केही दिन बढ्ने आंकलन गरिएको छ। नयाँ निर्जीबन बीमा कम्पनीमध्ये अजोडको पफमेन्स राम्रो देखिँदै आएको छ।
यसैगरी नेपाल फाइनान्सको पनि आज शेयरमूल्यमा सर्किट लागेको छ। कम्पनीले १७५ प्रतिशत हकप्रद जारी गरेर पूँजी वृद्धि गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएपछि कम्पनीको शेयरमूल्यमा उछाल देखिएको छ। समस्याग्रस्त संस्थाबाट मुक्त भएपछि फाइनान्सले गत आवको पुसपछि मात्रै
यस अवधिमा १८६ कम्पनीको २८ लाख ६९ हजार कित्ता शेयर १ अर्ब १० करोड रुपैयाँमा खरीद बिक्री भएका छन्। नेप्से ३० अंकले घटेर १४०८ मा झरेको छ। नेपाल रि-इन्स्योरेन्सको सबैभन्दा धेरै १७ करोड बढीको शेयर खरीद बिक्री भएको बजारमा नेपाल लाईफ, एनएमबि बैंक र एनआईसी एशिया बैंकको पनि ४ करोड बढीको शेयर कारोबार भयो।
कारोबारमा आएका १२ उपसमूहको सूचकमध्ये ठूला कम्पनीहरु सामेल भएको बैंकिङ्ग, बीमा सहित होटल र विकास बैंकको सूचक पनि २ प्रतिशत बढीले ऋणात्मक भएका छन्।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया