नेपाल एसबिआई बैंक र कम्फर्ट नेपालबीच सम्झौता


नेपाल एसबिआई बैंक र कम्फर्ट नेपाल ट्रेडर्सका बीचमा छुट सम्झौता भएको छ । कम्फर्ट नेपाल नेपालका लागि जकी ब्राण्डको आधिकारिक बिक्रेता हो ।

सम्झौता अनुसार कम्फर्ट नेपालका उत्पादन खरिद गर्दा एसबिआई बैंकको भिसा डेविट कार्डबाट हुने भुक्तानीमा सेवाग्राहीले १० प्रतिशत छुट पाउने छन् ।

सम्झौतामा बैंकका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत छविराज पन्त तथा कम्फर्ट नेपालका निर्देशक कुनाल अग्रवालले हस्ताक्षर गरेका हुन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।