हिमालयन बैंकले साढे १६ हजार निष्क्रिय बैंक खाता बन्द गर्दै


हिमालयन बैंकले ३ वर्षभन्दा लामो समयदेखि २०० रुपैयाँभन्दा कम रकम मौज्दात भएका निष्क्रिय बैंक खाताहरु बन्द गरिदिने भएको छ । बैंकले विगत ३ वर्षदेखि निष्क्रिय अवस्थामा रहेका बैंक खातावालाहरुलाई नजिकको शाखामा गई खाता सुचारु गराउन आग्रह गर्दै सुचारु नहुने खाता बन्द गरिने जनाएको हो ।

बैंकले १६ हजार ५०० हाराहारीमा २०० रुपैयाँभन्दा कम रकम मौज्दात भएका निष्क्रिय खाताको विवरण सार्वजनिक गर्दै व्यक्तिगत विवरण अद्यावधिक गराउन भनेको छ । बैंकले २०७७ असोज ३० गतेसम्ममा व्यक्तिगत विवरण अद्यावधिक नगर्नेहरुको खाता सूचना नदिई स्वतः बन्द गरिने जनाएको छ ।

२०० रुपैंयाभन्दा कम निक्षेप भएका १६ हजार निष्क्रिय खाताको सूची यहाँबाट हेर्न सकिन्छ । 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।