नियमित समयभन्दा ४५ मिनेट ढिला खुल्यो शेयर कारोबार

0
Shares

नेपाल स्टक एक्सचेञ्ज नेप्से र ब्रोकरको टिएमएस नेटवर्किङ प्रणालीमा आएको समस्याले बुधबार नियमित समयभन्दा ४५ मिनेट ढिला शेयर कारोबार खुलेको छ ।

प्राणालीमा आएको समस्या समाधान भएपछि ११ः४५ मा कारोबार खुला गरिएको नेप्सेले जनाएको छ । बुधबार ३ः४५ बजेसम्म कारोबार खुल्नेछ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले नेटवर्किङ प्रणालीमा आएको समस्याले नियमित समयमा कारोबार हुन नसकेको बताएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ साउन २०७७, बुधबार  ११ : ४५ बजे