चीनबाट पाइपलाइन मार्फत तेल भित्र्याइने, यसै वर्ष सम्भाव्यता अध्ययन


चीनतर्फ पेट्रोलियम पाइपलाइन बिछ्याउनका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । नेपाल आयल निगमले चालु आर्थिक वर्षका लागि तयार गरेको नीति तथा कार्यक्रममा चीनसँग पेट्रोलियम पाइपलाइनको सम्बन्ध स्थापित गर्ने काम अघि बढाउने उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षभित्र नै चीनबाट पेट्रोल पाइपलाइन जडान गर्ने संभावनाबारे अध्ययन थालिने आयल निगमले जनाएको छ । यसका लागि चीनबाट पेट्रोलियम पदार्थ खरिद गर्ने सम्भावनाको अध्ययन गरी प्रारम्भिक सम्झौताको तयारी सुरु गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

निगमको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार चालु आर्थिक वर्षमा नै चीनको केरुङ्गदेखि नेपालको रसुवागढी हुँदै नुवाकोटसम्म पेट्रोलियम पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन हुनेछ ।
निगमले बिहीबार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विभिन्न योजनाहरु सार्वजनिक गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।