जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आगामी १० दिनका लागि निधेषाज्ञा जारी गरेको छ। समुदायस्तरमै कोरोना देखिएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले निधेषाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले आज बिहान ५ बजेदेखि साउन ३२ गते राति १२ बजेसम्म लागू हुने गरी निधेषाज्ञा जारी गरेको जानकारी दिए। निधेषाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सार्वजनिक यातायातका सवारी साधन पूर्ण रुपमा बन्द गरिएको छ।
मालबाहक ढुवानीका साधन बाहेक जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण सार्वजनिक सवारी साधन पूर्ण रुपमा बन्द गर्ने, र निजी सवारी साधन मोटरसाइकल र स्कुटर पनि जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गनुपर्ने व्यवस्था गरिएको छ।
यस्तै प्रहरी प्रशासनले चिया पसल, होटल, रेष्टुरेन्ट, तथा अन्य व्यवसायिक स्थानमा हुने भीडलाई पूर्ण रुपमा निषेध गरिएको र अनिवार्य रुपमा भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ। सार्थ माक्स प्रयोग नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० बमोजिम १०० जरिवाना र एक महिनासम्म कैद गरिने जनाएको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया