लघुवित्त कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने आरएसडिसी लघुवित्त (RSDC) ले कोरोना कहरकाबीच आफ्नो अधिकांश सूचकहरुमा सुधार सहितको गत आर्थिक वर्षको वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ।
कम्पनीले असार मसान्तसम्ममा ७ करोड ८८ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा ६ करोड ४१ लाख ६७ हजार खुद नाफा कमाएको यस लघुवित्तले १ करोड ४७ लाख २० हजार रुपैयाँले खुद नाफा बढाएको हो।
चुक्ता पूँजी ६७ करोड १५ लाख २३ हजार रुपैयाँ रहेको यस लघुवित्तको प्रतिशेयर आम्दानी ११.७५ रुपैयाँ पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १२७.८५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४६.१४ गुणा छ।
लघुवित्तले असार मसान्तसम्मा २ अर्ब ६० करोड ६९ लाख ८८ हजार रुपैयाँ सापटीबाट २ अर्ब ८५ करोड ६३ लाख ८२ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ। गत आवको ४ महिना कोरोना कहरले लघुवित्तको कर्जा परिचालन र सापटी चैतको भन्दा असारमा घटेको छ। यद्यपी कम्पनीको नाफामा भने वृद्धि भएको हो।
लघुवित्तले असार मसान्तसम्मा १४ करोड २१ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १० करोड ५१ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ। लघुवित्तको अघिल्लो आवको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी १ करोड ९१ लाख ७७ हजार रुपैयाँ बढी हो भने सञ्चालन मुनाफा ९६ लाख २१ हजार रुपैयाँ बढी हो।
समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.०४ प्रतिशत बढेर ०.२९ प्रतिशतमा छ।
लघुवित्तको जगेडा कोष भने लाभांश वितरणपछि घटेको छ। अघिल्लो आवको तुलनामा २ करोड २५ लाख ८७ हजार रुपैयाँले घटेर १४ करोड ६६ लाख २८ हजार रुपैयाँ सञ्चित छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया