नेपाल बैंकमा कोरोना कहरको देखिएन ठूलो असर, वितरणयोग्य नाफा २२१ करोड

0
Shares

नेपाल बैंक (NBL) ले कोरोना कहरका बाबजुत पनि गत आर्थिक वर्षमा सामान्य नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ । 

बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४ करोड रुपैयाँले घटेको छ। बैंकको नाफा १.५५ प्रतिशत मात्र कम हो ।

अघिल्लो वर्ष २ अर्ब ५९ करोड खुद नाफा गरेको र्बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ५५ करोड खुद नाफा गरेको छ । बैंकको वितरण योग्य नाफा २ अर्ब २१ करोड छ ।

कोरोनाका कारण जारी गरिएको लकडाउनले बैंकको व्यवसाय प्रभावित हुँदाको असर ब्याज आम्दानीमा देखिएको छ । सरकारको निर्देशनअनुसार ब्याज सहुलियत प्रदान गर्दा बैंकको खुद ब्याज आम्दानी घटेको छ । जसले गर्दा संचालन नाफा समेत प्रभावित भएको छ । बैंकको संचालन नाफा ३ अर्ब ५६ करोड छ । अघिल्लो वर्ष ४ अर्ब ५१ करोड थियो ।

अर्कातर्फ बैंकको स्प्रेड दर र फि तथा कमिशन आम्दानी घटेका कारण पनि नाफा प्रभावित भएको हो । बैंकको ब्याज आम्दानी ५ अर्ब ६१ करोड ८९ लाख रुपैयाँ छ । जुन अघिल्लो वर्षको तुलनामा ५७ करोड कम हो । गत असार मसान्तसम्ममा बैंकले १ खर्ब ४२ अर्ब ११ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब ५८ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

यसअधिमा बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ९९ पैसाबाट २२ रुपैयाँ ६६ पैसामा झरेको छ। मूल्य आम्दानी अनुपात १०.९९ गुणा तथा प्रतिशेयर नेटवर्थ २६७ रुपैयाँ ५० पैसा छ। बैंकको चुक्ता पूँजी बढेको र नाफा घटेकाले पनि प्रतिशेयर आम्दानी खस्कन पुगेको हो। बैंकले खराब कर्जा भने घटाएको छ ।

बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख छ । जसको जगेडा कोषमा १२ अर्ब ९८ करोड ५४ लाख रुपैयाँ, शेयरधनी कोषमा ४ अर्ब १२ करोड ५० लाख रुपैयाँ र शेयर प्रिमियममा १ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ सञ्चित छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।