एनआईबिएल समृद्धि फण्ड १ (NIBLSF1) ले आफ्ना इकाइधनीलाई १२ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने भएको छ ।
योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको शुक्रबार सम्पन्न सञ्चालक समितिको ८० औं बैठकले आर्थिक वर्ष २०७६।७७ बाट इकाईधनीलाई १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा एक अर्ब आकारमा सञ्चालित सामूहिक लगानी कोष (म्युचुअल फन्ड) एनआईबिएल समृद्धि फण्ड १ ले १२ करोड रुपैयाँ लाभांश बाँड्नेछ।
कम्पनीले बुकक्लोज मिति भने तय गरिसकेको छैन।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया