सिद्धार्थ बैंकको ईपीएस चार रुपैयाँ घट्यो, वितरण योग्य नाफा ८६ करोड ६४ लाख

0
Shares

सिद्धार्थ बैंक (SBL) ले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ०६७/०७७ मा १६ करोड ४९ लाख रुपैयाँले गिरावट आएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको नाफामा अघिल्लो आवको भन्दा ७.३० प्रतिशतले कम हो।

असार मसान्तसम्ममा बैंकले २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको यसै अवधिमा बैंकले २ अर्ब २५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

बैंकको वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा भने ८६ करोड ६४ लाख रुपैयाँ छ। जसबाट बैंकले ९ प्रतिशतसम्म लाभांश बाड्नसक्ने देखिन्छ ।

चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रुपैयाँ रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी २१.३८ रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी ४.०२ रुपैयाँले घटेका हो।

यस अवधिमा बैंकको जगेडा कोषमा ५ अर्ब २४ करोड ३३ लाख रुपैयाँ, शेयरधनी कोष (रिटेन्ड अर्निङ्ग) मा ९४ करोड ४६ लाख रहेको छ।

गत असार मसान्तसम्म बैंकले १ खर्ब ३९ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ४४ करोड कर्जा प्रवाह गरेको छ। बैंकको निक्षेप साढे २१ तथा कर्जा करिब १८ प्रतिशतले बढेको हो।

बैंकको खुद ब्याज आम्दानी, शुल्क कमिसन आय बढे पनि बैंकको कर्मचारी र सञ्चालन खर्चमा भएको वृद्धिका कारण सञ्चालन नाफा भने घटेको छ। बैंकले ब्याज आम्दानी ५ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ गरेको छ। बैंकको सञ्चालन ३ अर्ब ६ करोडमा खुम्चिएको छ।

बैंकको खराब कर्जा अनुपात ०.७५ बाट बढेर १.५६ प्रतिशतमा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६३.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.८४ गुणा , निक्षेप संकलन लागत ७.५९ प्रतिशत, आधारदर ९.०३ प्रतिशत, र पूँजीकोष अनुपात १२.९७ प्रतिशत रहेको छ।

Particulars (In Rs ‘000)

Siddhartha Bank Limited
Q4 2076/77 Q4 2075/76 Difference
Paid Up Capital 9,787,767 8,887,605 10.13%
Deposits from Customers 139,609,498 114,923,368 21.48%
Loans & Advances to Customers 123,448,090 104,876,300 17.71%
Net Interest Income 5,587,910 4,667,328 19.72%
Operating Profit 3,065,642 3,283,704 -6.64%
Profit/(Loss) for the Year 2,092,771 2,257,688 -7.30%
Total Comprehensive Income 2,343,543 2,022,364 15.88%
Distributable Profit/ (Loss)  866,485
NPL 1.56 0.75 108.00%
Cost of Fund (%) 6.59 7.54 -12.60%
Base Rate (%) 9.03 10.57 -14.57%
EPS (In Rs.) 21.38 25.4 -15.83%
Net Worth per Share (In Rs.) 163.22 169.12 -3.49%

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।